logo

२०८३ जेष्ठ २३, शनिबार

logo
  • २०८३ जेष्ठ २३, शनिबार
  • एनआईसी एशिया बैंकद्वारा सामाजिक सहयोग, आश्रयस्थल र विद्यालयलाई सामग्री हस्तान्तरण

    एनआईसी एशिया बैंकद्वारा सामाजिक सहयोग, आश्रयस्थल र विद्यालयलाई सामग्री हस्तान्तरण

    65
    SHARES
    एनआईसी एशिया बैंकद्वारा सामाजिक सहयोग, आश्रयस्थल र विद्यालयलाई सामग्री हस्तान्तरण

    काठमाण्डौ । एनआईसी एशिया बैंकले विभिन्न परोपकारी संस्था तथा विद्यालयहरुलाई सहयोग सामग्री प्रदान गरेको छ । बैंकले झापा जिल्लाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’ लाई फर्निचर उपलब्ध गराएको छ भने बारा जिल्लाको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाकै मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको जनाएको छ ।



    जेठ २१ गते आयोजित कार्यक्रममा बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले ‘हाम्रो साझा घर’ की अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका थिए । उक्त संस्थामा हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरूलाई आश्रय दिइँदै आएको छ ।

    त्यसैगरी, जेठ २२ गते सम्पन्न कार्यक्रममा वीरगञ्ज सर्कल हेड गोपाल प्रसाद सुवेदीले सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेका थिए । सोही दिन आयोजित अर्को कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख श्रेष्ठ र सर्कल हेड सुब्बाले अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरेका थिए ।

    सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

    बैंकका अनुसार, ‘हाम्रो साझा घर’ लाई उपलब्ध गराइएको सहयोगले आश्रित व्यक्तिहरूको दैनिक जीवन सहज र स्वस्थकर बनाउन मद्दत पुग्नेछ । साथै विद्यालयहरूलाई प्रदान गरिएको शैक्षिक सामग्रीले डिजिटल सिकाइ प्रवर्द्धन, विद्यार्थी सहभागिता वृद्धि तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट