logo

२०८३ जेष्ठ २३, शनिबार

logo
  • २०८३ जेष्ठ २३, शनिबार
  • प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

    प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

    52
    SHARES
    प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण
    गोरखा । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत गोरखाको पालुङटारस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई एक थान स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा उक्त सामग्री हस्तान्तरण गरिएको हो।
    शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ। यस प्रविधिले विद्यालयको डिजिटल शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
    विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको अवस्थामा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी नागरिक तयार पार्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ। प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
    “विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्न तथा डिजिटल विभाजन न्यूनीकरणमा ठुलो सहयोग पुग्ने अपेक्षा राखेका छौँ,” बैंक प्रतिनिधिले बताए। उक्त हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरूले बैंकको यस सामाजिक कार्यको उच्च प्रशंसा गर्दै यसबाट विद्यार्थीहरूको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
    प्रभु बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा आफ्ना सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • शनिबार, २३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट