logo

२०८३ जेष्ठ २४, आइतबार

logo
  • २०८३ जेष्ठ २४, आइतबार
  • सुनको मूल्य तोलामा ८ हजार २०० रुपैयाँ घट्यो

    सुनको मूल्य तोलामा ८ हजार २०० रुपैयाँ घट्यो

    104
    SHARES
    सुनको मूल्य तोलामा ८ हजार २०० रुपैयाँ घट्यो

    काठमाण्डौ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ८०० रुपैयाँ कायम भएको छ।



    यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस हिसाबले दुई दिनको अन्तरमा सुनको मूल्यमा प्रतितोला ८ हजार २०० रुपैयाँले कमी आएको छ। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ८९० रुपैयाँ तोकिएको छ।

    सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट आएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। गत जेठ २२ गते चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको थियो।

    आज चाँदीको मूल्यमा तोलामा ३३५ रुपैयाँले गिरावट आएको हो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम गरिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट