logo

२०८३ जेष्ठ २४, आइतबार

logo
  • २०८३ जेष्ठ २४, आइतबार
  • महिला लघुवित्तको साढे ८४ हजार बढी कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

    महिला लघुवित्तको साढे ८४ हजार बढी कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

    26
    SHARES
    महिला लघुवित्तको साढे ८४ हजार बढी कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

    काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको साढे ८४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।



    महिला लघुवित्तको संस्थापक समूहको ८४ हजार ५३७ कित्ता शेयर जेठ २३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद निवेदन दिनुपर्नेछ। अधिकतममा १० अंकले भाग जाने संख्यासम्म खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

    बोलपत्र काठमाडौंको कमलादीस्थित नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ७ गते दिउँसो ३ बजेसम्म रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट