logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • प्रधानमन्त्री र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ: अर्थमन्त्री

    प्रधानमन्त्री र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ: अर्थमन्त्री

    351
    SHARES
    प्रधानमन्त्री र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ: अर्थमन्त्री

    काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको दाबी गरेका छन्।



    बुधबार बिहान प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन्।

    ‘प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ’, अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दै छ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोषितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’

    संसद्का सदस्यहरूलाई यस्तो समूहका कुराबाट प्रभावित नहुन उनले आग्रह पनि गरे।


    अर्थ चाैतारी
  • बुधबार, २७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट