logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • चीनमा पनि व्यवसायीक साम्राज्य विस्तार गर्दै सिजी ग्लोबल, मेरियटसँग साझेदारी

    चीनमा पनि व्यवसायीक साम्राज्य विस्तार गर्दै सिजी ग्लोबल, मेरियटसँग साझेदारी

    416
    SHARES
    चीनमा पनि व्यवसायीक साम्राज्य विस्तार गर्दै सिजी ग्लोबल, मेरियटसँग साझेदारी

    काठमाण्डाै । चाैधरी समूह अन्तर्गतको आतिथ्यता केन्द्रित कम्पनी, सिजी हस्पिटालिटी ग्लोबलले मित्र राष्ट्र चीनमा समेत होटल सञ्चालन र व्यवस्थापन गर्ने भएको छ। चिनियाँ बजारमा आगामी केही वर्षभित्र १०० वटा होटल तथा रिसोर्टहरू सञ्चालनमा ल्याउने वृहद योजना अन्तर्गत सिजी हस्पिटालिटीले म्यारियट इन्टरनेशनलसँग सम्झाैता पत्रमा हस्ताक्षर गरेको ग्लोबलका प्रबन्ध निर्देशक राहुल चाैधरीले जानकारी दिएका छन्।



    उनले फेसबुकमा जानकारी साझा गर्दै लेखका छन्, ‘म्यारियट इन्टरनेशनलसँगको बढ्दो साझेदारीमा अर्को महत्त्वपूर्ण कोशेढुङ्गा थप्न पाउँदा हामी गर्व गर्छौं। हामीले आगामी केही वर्षहरूमा बजारमा लगभग १०० होटलहरू संयुक्त रूपमा विकास गर्ने योजनासहित ग्रेटर चाइनामा सिरिज बाइ म्यारियट परिचय गराउन रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका छौं।’

    सिजी हस्पिटालिटीका अनुसार, पहिलो चार होटलहरू २०२६ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ। यी होटलहरू दक्षिणपश्चिम चीनको चुनिएका क्षेत्रहरूमा एरो खाम्पा बुटिक रिसोर्टहरू म्यारियट पोर्टफोलियोमा सामेल हुनेछन्। चाैधरीले लेखेका छन्, हाम्रो लागि, यो साझेदारी विस्तार भन्दा बढी हो। यो स्थानीय विशेषता मनाउने, क्षेत्रीय पहिचानको संरक्षण गर्ने, र म्यारियटको विश्वव्यापी मापदण्ड, वितरण र म्यारियट बोनभोय प्लेटफर्मसँग विशिष्ट आतिथ्य अनुभवहरू जोड्ने बारे हो।

    विगत दुई वर्षमा, म्यारियट इन्टरनेशनलसँगको हाम्रो यात्रा एशिया र मध्य पूर्वमा बढेको छ, फिलिपिन्सको सान बेनिटोस्थित द फार्मदेखि भारतको सिरिज बाइ म्यारियट, दुबईको जेडब्ल्यू म्यारियट रेसिडेन्सेस, नेपालको रिट्ज-कार्लटन र वेस्टिन, भारतको जेडब्ल्यू म्यारियट, र अब चीनको सिरिज बाइ म्यारियटसम्म।

    चाैधरी भन्छन्, साझेदारीका यस्ता अझै धेरै परियोजना आउन बाँकी छ। यसै महिना सिजी हस्पिटालिटीले मेरियट इन्टरनेशनलसँगको साझेदारीमा तीनवटा होटल सञ्चालन गर्ने सम्झाैतामा हस्ताक्षर गरेको थियो । काठमाण्डाैमा रिट्ज-कार्लटन, वेस्टिन काठमाडौँ र भारतको पश्चिम बंगाल अन्तर्गत सिलिगुडीमा जेडब्ल्यू म्यारियट होटल सञ्चालनमा ल्याउने समझदारी भएको हो।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट