logo

२०८३ जेष्ठ ३१, आइतबार

logo
  • २०८३ जेष्ठ ३१, आइतबार
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ २५औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक कार्यलाई निरन्तरता

    गुहेश्वरी मर्चेन्ट बैंकिङ २५औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक कार्यलाई निरन्तरता

    247
    SHARES
    गुहेश्वरी मर्चेन्ट बैंकिङ २५औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक कार्यलाई निरन्तरता

    काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड २४ वर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । विसं २०५९ जेठ ३० गतेदेखि वित्तीय कारोबार सञ्चालन गरेको यस संस्थाले आफ्नो २४ औं वार्षिकोत्सव विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।



    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले विगत ८ वर्षदेखि ललितपुरको बुंगमतीस्थित श्री अपांग सेवा संघलाई वार्षिक रूपमा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आएको थियो । २४ औं वार्षिकोत्सवको विशेष अवसरमा फाइनान्सले उक्त सहयोगलाई आगामी वर्ष पनि निरन्तरता दिने गरी संघसँग औपचारिक सम्झौता नवीकरण गरेको छ ।

    वार्षिकोत्सवका अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा ९भृकुटीमण्डप० को प्राविधिक सहयोगमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। त्यसैगरी गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एन्ड इम्प्ल्यान्ट्स हबको प्राविधिक सहयोगमा सर्वसाधारणका लागि निःशुल्क दन्त परीक्षण तथा परामर्श शिविर सञ्चालन पनि गरेको छ ।

    लामो समयदेखि ग्राहकहरूको विश्वास जित्न सफल यस फाइनान्सले हाल देशैभर रहेका आफ्ना २३ वटा शाखा कार्यालयहरू र ४ वटा विस्तारित काउन्टरहरू गरी कुल २७ वटा केन्द्रहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ३१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट