logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • बचत फिर्ताको माग गर्दै कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताद्वारा काठमाण्डौमा धर्ना

    बचत फिर्ताको माग गर्दै कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताद्वारा काठमाण्डौमा धर्ना

    364
    SHARES
    बचत फिर्ताको माग गर्दै कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताद्वारा काठमाण्डौमा धर्ना

    काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।



    बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरूले सोमबार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन्।

    लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाई नगरेको उनीहरूको गुनासो छ।

    प्रदर्शनका क्रममा उनीहरूले कर्णाली बैंक घोटालाका दोषीहरूलाई कारबाही गर, संस्थाहरूको बचत फिर्ता गर, र जनताको निक्षेप तुरुन्त फिर्ता गर, जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।

    बैंकमा भएको अनियमितताका कारण आफ्नो बचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट