काठमाण्डौ । फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको न्युजर्सी स्टेडियममा भएको खेलमा किलियन एमबाप्पेको कीर्तिमानी गोलसँगै फ्रान्सले सेनेगललाई ३-० ले पराजित गरेको छ। खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। तर दोस्रो हाफको अन्तिममा भने लगातार गोलको वर्षा भएको थियो।
६६ औँ मिनेटमा फ्रान्सका फरवार्ड एमबाप्पेले पहिलो गोल गरेर गोलको खडेरीलाई तोडेका थिए। माइकल ओलिसेको पासमा उनले फ्रान्सका लागि यो विश्वकपमा पहिलो गोल गरे। ब्राडली बारकोलाले मैदानमा प्रवेश गरेको दोस्रो मिनेटमै गोल गरेपछि फ्रान्सले २–० को अग्रता लियो। ओसमन डेम्बलेको स्थान लिन उनी ८० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरे लगत्तै गोल गरेका थिए।
इन्जुरी टाइममा सेनेगलका इब्राहिम एमबायेले आफ्नो देशको लागि पहिलो गोल गरे। त्यसको केही क्षणमै एमबाप्पेले आफ्नो दोस्रो गोल गरेपछि फ्रान्सले सेनेगललाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो। यो गोलसँगै एम्बाप्पे फ्रान्सको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले फ्रान्सका लागि आफ्नो कुल गोल संख्या ५८ पुर्याएका छन्।
सेनेगल र फ्रान्स २४ वर्षपछि भिडेका हुन्। यसअघि सन् २००२ को विश्वकपमा सेनेगलसँग १–० ले पराजित हुँदा फ्रान्स समूह चरणबाटै बाहिरिएको थियो। यो जितसँगै फ्रान्सले त्यो हारलाई बिर्साएको छ। फ्रान्स २००२ को उदघाटन खेलमा ब्यहोरेको हारको बदला न्यूयोर्कको न्यू जर्सी रंगशालामा लिएको छ।
युरोपेली छनोट पार गर्दै विश्वकपमा पुगेको फ्रान्सको लक्ष्य तेस्रो पटक फाइनल पुग्दै डेसच्याम्पको नेतृत्वमा दोस्रो उपाधि उचाल्दै इतिहास लेख्ने छ। सेनेलेगल पनि यसअघि कतार विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो।
फ्रान्सले आफ्ना पछिल्ला पाँच खेल मध्य चारमा जित हात पार्दा आइभरीकोस्टसँग पराजित भएको थियो। समान खेलमा सेनेगल अमेरिका र मोरक्कोसँग पराजि हुँदा साउदी अरेवियासँग बराबरी खेलेको थियो। जाम्बिया र पेरुलाई भने पराजित गरेको थियो।
अर्थ चाैतारी ।