काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलतामा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गर्ने क्रममा सानिमा रिलायन्स लाइफलाई यो विधामा सर्वोत्कृष्ट घोषित गरिएको आयोजकले जनाएको छ । जीवन बीमा क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रतिको प्रतिबद्धताको कदर गर्दै कम्पनीलाई यो अवार्ड दिइएको हो ।
उक्त समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा र ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा विधामा विभिन्न संस्थाहरूलाई सम्मानित गरिएको थियो ।
डिजिटल सेवा विस्तार, सहज दाबी भुक्तानी प्रक्रिया, र ग्राहक सम्पर्क प्रणालीको सुदृढीकरणमार्फत आफूलाई देशकै अग्रणी बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको सानिमा रिलायन्सको देशभर १६८ वटा शाखा कार्यालयहरू सञ्चालनमा छन् । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी, कुल लगानी २५ अर्ब रुपैयाँभन्दा बढी र १७ हजारभन्दा बढी अभिकर्ताहरू कार्यरत रहेको कम्पनीले जनाएको छ ।
अर्थ चाैतारी ।