logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • रास्वपा सभापतिमा फेरि रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’

    रास्वपा सभापतिमा फेरि रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’

    156
    SHARES
    रास्वपा सभापतिमा फेरि रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’

    काठमाण्डौ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट सभापति पदमा फेरि रवि लामिछाने निर्विरोध चुनिएपछि प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मध्यराति सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्।



    चितवनमा जारी महाधिवेशनमा बालेनकै प्रस्तावमा मंगलबार रविले सभापति पदमा उम्मेदवारी दिएका थिए। तर यस पदमा अरू कोही नउठेपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

    यसमा खुसी हुँदै वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमा आफू र रविको स्केच चित्रसहित पार्टीलाई शुभकामना दिएका हुन्। उनले रोमनमा लेखेका छन्, ‘शुभकामना हाम्रो पार्टीलाई। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।’

    रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि पहिले केन्द्रीय सदस्यमा चुनिनु पर्दैन। बाँकी पदका लागि भने आज निर्वाचन हुँदै छ। पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुनेछ।

    मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको दुई घण्टापछि परिणाम घोषणा गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन्।


    अर्थ चाैतारी
  • बुधबार, १० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट