काठमाण्डौ । फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा पूर्व च्याम्पियन इंग्ल्यान्डलाई घानाले गोलरहित बराबरीमा रोकेको छ।
यो खेलपछि दुवै टोलीको समान ४ अंक जोडेका छन्। घानाले आफ्नो पहिलो खेलमा पानामालाई १ गोलले हराएको थियो भने इंग्ल्यान्डले अघिल्लो खेलमा क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको थियो।
यो खेलमा अंक बाँडेसँगै दुवै टोली नकआउट चरणको नजिक पुगेका छन्। यो नतिजासँगै इंग्ल्यान्ड र घाना समूहको शीर्ष दुई स्थानमा कायम रहेका छन्। अब समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले पानामा र घानाले क्रोएसियाको सामना गर्नुपर्ने छ।
अबको खेलमा दुवै टोलीलाई अर्को चरणमा स्थान सुरक्षित गर्न १–१ अंकको आवश्यकता पर्नेछ
अर्थ चाैतारी ।