logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन ‘रोड शो’ गर्दै टाइम फर्मास्युटिकल्स

    बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन ‘रोड शो’ गर्दै टाइम फर्मास्युटिकल्स

    403
    SHARES
    बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन ‘रोड शो’ गर्दै टाइम फर्मास्युटिकल्स

    काठमाण्डौ । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन रोड शो कार्यक्रम सञ्चालन गर्ने भएको छ।



    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति पाएका संस्थाहरुका लागि रोड शो (छलफल कार्यक्रम) गर्न लागिएको हो। यो कार्यक्रम यही असार १९ गते काठमाडौंको होटल याक एन्ड यतीमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

    छलफल कार्यक्रमका लागि उपलब्ध गराउनुपर्ने कागजात तथा विवरण टाइम फर्मास्युटिकल्स र धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेनट बैंकिङको वेबसाइटमा प्राप्त गर्न र हेर्न सकिनेछ।

    यसअघि कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता गरिसकेको छ। कम्पनीले ४ लाख ३४ हजार ६०० कित्ता शेयर बिक्री खुला गर्नेछ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट