logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • नेपाल प्रहरीले भन्यो – धरौटी रकम फिर्ता लिन १५ दिनभित्र सम्पर्क गर्नू

    नेपाल प्रहरीले भन्यो – धरौटी रकम फिर्ता लिन १५ दिनभित्र सम्पर्क गर्नू

    260
    SHARES
    नेपाल प्रहरीले भन्यो – धरौटी रकम फिर्ता लिन १५ दिनभित्र सम्पर्क गर्नू

    काठमाण्डौ। नेपाल प्रहरीले धरौटीमा राखेको रकम फिर्ता लिनका लागि विभिन्न व्यक्ति तथा कम्पनीलाई आग्रह गरेको छ ।



    शुक्रबार सूचना जारी गरेर नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले आर्थिक वर्ष २०६४/ ०६५ देखि २०७८/ ०७९ सम्म विभिन्न फर्म, कम्पनी तथा व्यक्तिहरूलाई गरिएको भुक्तानीबाट कट्टी गरी धरौटी खातामा जम्मा गरिएको ५ प्रतिशत धरौटी रकम हालसम्म पनि सम्बन्धित पक्षले फिर्ता नलिएको जनाएको छ।

    प्रधान कार्यालयका अनुसार उक्त धरौटी रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय, लैनचौरको धरौटी खातामा जम्मा रहेको छ। सम्बन्धित फर्म, कम्पनी वा व्यक्तिको नामावली नेपाल प्रहरीको वेबसाइट तथा कोष तथा लेखा नियन्त्रकको कार्यालय, लैनचौरको सूचनापाटीमा सार्वजनिक गरिएको छ।

    नेपाल प्रहरीले सम्बन्धित सबैलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्क गरी धरौटी रकम फिर्ता लिन आग्रह गरेको छ।

    तोकिएको अवधिभित्र कसैबाट पनि दाबी नआएमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६७ को उपनियम (३) बमोजिम उक्त धरौटी रकम राजस्व खातामा जम्मा गरिने नेपाल प्रहरीले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट