logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • हिरो ब्रान्डको दुई पांग्रे सवारीसाधन एसेम्बल गर्ने सीजी फ्यूचरले १० महिनामै गर्‍यो ४ अर्बको कारोबार

    हिरो ब्रान्डको दुई पांग्रे सवारीसाधन एसेम्बल गर्ने सीजी फ्यूचरले १० महिनामै गर्‍यो ४ अर्बको कारोबार

    208
    SHARES
    हिरो ब्रान्डको दुई पांग्रे सवारीसाधन एसेम्बल गर्ने सीजी फ्यूचरले १० महिनामै गर्‍यो ४ अर्बको कारोबार

    काठमाण्डौ । हिरो ब्रान्डको दुई पांग्रे सवारी साधन एसेम्बल गर्ने सीजी फ्यूचर फ्याक्ट्री प्रालिले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ४ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले चालु आवको १० महिनाको अवधिमा ४ अर्ब १० करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।



    सन् २०२३ मा स्थापना भएको कम्पनीले हिरो ब्रान्डको बाइक तथा स्कुटर एसेम्बल प्लान्ट निर्माण गरी सन् २०२४ देखि व्यवसायिक कारोबार सुरू गरेको थियो ।

    नवलपरासीको सीजी इन्डष्ट्रियल पार्कमा रहेको प्लान्टले सवारी साधनको पार्टपूर्जाहरु आयात गरी एसेम्बल गर्दै आएको छ ।

    एसेम्बल गरिएको बाइक तथा स्कुटर सहायक कम्पनी सीजी मोटर्स प्रालिलाई मात्रै बिक्री गर्दै आएको छ । सारिका चौधरीको ६० प्रतिशत र निर्वाण चौधरीको ४० प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ५५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

    कम्पनीको चालु आवको १० महिनाको अवधिसम्ममा कार्यशील पूँजी ५१ प्रतिशत उच्च स्तरमा रहेको छ । कम्पनी कार्यशील पूँजी आवश्यकताको वित्तीय व्यवस्थापनाका लागि बैंक ऋणमा अत्यधिक निर्भर रहेको छ । जसले गर्दा कम्पनीको पुँजी संरचना दबाबमा रहेको छ । कम्पनीको चालु आवको १० महिनासम्ममा गियरिङ अनुपात ३.३ गुणा रहेको छ ।

    कम्पनीको तरलता अभाव अझै पनि सीमित रहेको छ । तरलता स्थितिमा आएको दबाबका कारण कम्पनीले ऋणको साँवा तथा ब्याज भुक्तानीमा कहिलेकाँही ढिलाइ हुने गरेको छ । यस्ता ढिलाइहरू ३० दिनभित्रै सीमित रहेका छन् । कम्पनीको कुल ऋण/ट्यान्जिबल नेट वर्थ चालु आवको १० महिनाको अवधिमा ३.३ गुणा रहेको छ । कम्पनीको कुल ऋण/सञ्चालन नाफा मार्जिन ४.६ गुणा रहेको छ । गत आवमा ६.१ गुणा थियो ।

    कम्पनीको ब्याज कवरेज सुधार भई चालु आवको १० महिनाको अवधिमा ४.२ गुणा पुगेको छ । गत आवमा १.६ गुणा थियो । त्यसैगरी, कम्पनीको ऋण सेवा कवरेज अनुपात ३.६ गुणा रहेको छ । गत आवमा १.५ गुणा थियो ।

    कम्पनीले आफ्‌नो सञ्चालन प्रदर्शनलाई कायम राख्न वा सुधार गर्न, वित्तीय सूचकहरूलाई थप सुदृढ बनाउन तथा तरलता अवस्थालाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सक्ने क्षमता नै प्रमुख निगरानीयोग्य पक्ष


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट