logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • पेस्तोल र गोलीसहित जनकपुरको होटलबाट दुई युवक पक्राउ

    पेस्तोल र गोलीसहित जनकपुरको होटलबाट दुई युवक पक्राउ

    312
    SHARES
    पेस्तोल र गोलीसहित जनकपुरको होटलबाट दुई युवक पक्राउ

    काठमाण्डौ । जनकपुरस्थित एक होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ परेका छन्।



    धनुषाको जनकपुर उपमहानगरपालिका-९ थापा चोकस्थित होटलबाट शनिबार दुई युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ मुखियापट्टी का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका-६ सोनीगामा का १८ वर्षीय सुधिर मुखिया रहेका छन्।

    प्रहरीका अनुसार, सुरक्षा जाँचका क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘इग्लर र्‍याप्टर’ लेखिएको पेस्तोल बरामद गरिएको हो। त्यससँगै ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

    दुवै जनालाई जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा राखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    अर्थ चाैतारी
  • शनिबार, १३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट