logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने

    कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने

    338
    SHARES
    कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने

    काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्वसाधारणलाई सहज रूपमा सूचना प्रवाह गर्ने उद्देश्यले नयाँ ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ । उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सक्रियतामा मन्त्रालयमा सुरु भएको यस ड्यासबोर्डमार्फत अब दैनिक रूपमा हुने कम्पनी, उद्योग तथा फर्म दर्तासम्बन्धी विवरणहरू ‘रियल टाइम’ मै अद्यावधिक हुने भएका छन् ।



    यसअघि नेपालमा हालसम्म कति उद्योग तथा कम्पनी दर्ता भएर सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्क र जानकारी सर्वसाधारणले सहजै प्राप्त गर्न निकै कठिन हुने गरेको थियो। तर, यो ड्यासबोर्ड सञ्चालनमा आएपछि अब जोकोहीले पनि उक्त जानकारी सहजै प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले गर्ने दैनिक कामकारबाही र सेवा प्रवाहबारे सर्वसाधारणलाई सुसूचित गराउनु नै यसको मुख्य उद्देश्य हो ।

    मन्त्रालयको कार्यालयमा राखिएको उक्त ड्यासबोर्डमा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीहरूलाई जोडिएको छ । यसका लागि सम्बन्धित विभागका प्रणालीहरूलाई ‘एपीआई’ मार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

    त्यसैगरी, आफ्नै सूचना प्रविधि प्रणाली नभएका अन्य निकायहरूको विवरणसमेत ‘डाइनामिक फर्म’ को माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मन्त्रालयले गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा हुने कम्पनी तथा उद्योग दर्तासम्बन्धी विवरणलाई समेत यसै ड्यासबोर्डमा समावेश गर्ने योजना बनाएको छ ।

    यो प्रणालीको सुरुवातसँगै मन्त्रालयको कामकारबाही थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री हुने विश्वास लिइएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट