logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको ओएन्डएम टुंगियो, ४ नयाँ विधेयक निर्माण थाल्दै

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको ओएन्डएम टुंगियो, ४ नयाँ विधेयक निर्माण थाल्दै

    364
    SHARES
    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको ओएन्डएम टुंगियो, ४ नयाँ विधेयक निर्माण थाल्दै

    काठमाण्डौ । भर्खरै गठन भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) तयार गर्ने काम सकिएको छ।



    ओएन्डएम तयार भएसँगै अब उक्त मन्त्रालयलाई आवश्यक विधेयक निर्माणको काम सुरु गरिने भएको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधेयक निर्माणका लागि कम्तीमा चार महिना लाग्ने बताए।

    मन्त्रालयलाई आवश्यक पर्ने विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयक, नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन विधेयक, उन्नत औद्योगिक प्रविधि (इन्डस्ट्री ४.०/५.०) प्रवर्द्धन विधेयक र रासायनिक पदार्थ व्यवस्थापन विधेयक निर्माणको काम थालिने मन्त्री पुनले जानकारी दिएका छन्।

    यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन २०४९ लाई संशोधन गर्ने तयारी मन्त्रालयको छ।


    अर्थ चाैतारी
  • सोमबार, १५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट