काठमाण्डौ । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेर २६३२ बिन्दुमा झरेको छ ।
आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा, याम्बलिङ हाइड्रो, स्नो रिभर र धौलागिरी लघुवित्तको सेयर मूल्य १४.९९ प्रतिशतले बढेकाे छ ।
नेप्सेका अनुसार २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३५१ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । ग्लोबलको ८८ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सोपन फर्माको ८८ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ८७ करोड, रिलाइन्स स्पिीनिङको ८१ करोड र आँखु खोलाको ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ चाैतारी ।