काठमाण्डाै । कजारिया रमेश टायल्स लिमिटेडले काठमाण्डौको टोखा रोडमा एक विशेष शोरूम सञ्चालनमा ल्याई उपत्यकामा आफ्नो रिटेल सञ्जाललाई थप विस्तार गरेको छ । जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पु¥याउने उद्देश्य राखेको छ ।
यस शोरूमको औपचारिक उद्घाटन हिजो, असार १३ गते शनिबार बिहान ११ः०० बजे सम्पन्न भएको हो । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपाल प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कजारिया रमेश टायल्स लिमिटेडका अन्य वरिष्ठ प्रतिनिधिहरू तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोलीको उपस्थितिमा शोरूमको औपचारिक उद्घाटन गरी स्थानीय बासिन्दाहरूलाई नयाँ शोरूम अवलोकनका लागि स्वागत गरिएको थियोे ।
आधुनिक र ग्राहक–मैत्री ढाँचामा व्यवस्थित गरिएको यस शोरूमलाई ग्राहकहरूले सहज र उत्कृष्ट सपिङको अनुभव लिन सक्ने गरी डिजाइन गरिएको छ । यहाँ आउने ग्राहकहरूले विभिन्न टायल्सका डिजाइनहरू प्रत्यक्ष स्पर्श गरी हेर्न, महसुस गर्न र परिकल्पना गर्न सक्नेछन् । यसले गर्दा ग्राहकहरूलाई आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि विभिन्न टेक्सचर, प्याटर्न र साइजहरू प्रत्यक्ष रूपमा हेरेर आफ्नो रोजाइ अनुरूपको उत्कृष्ट टायल छनोट गर्न सजिलो हुनेछ ।
उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवालले भन्नुभयो, “जगदम्बा इन्टरनेसनलसँगको हाम्रो यो सहकार्य टोखा रोड र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक होे । हाम्रा विश्वस्तरीय कलेक्सनहरू स्थानीय बासिन्दाहरूको पायक पर्ने स्थानमा ल्याएर हामी उहाँहरूको घर निर्माण र मर्मतसम्भारको यात्रालाई सहज बनाउन चाहन्छौं, जसले गर्दा उहाँहरूले आफ्नो ठाउँलाई उत्कृष्ट बनाउन भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरू प्राप्त गर्न सक्नुहुनेछ ।”
यो शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ । टोखा रोड र वरपरका क्षेत्रका बासिन्दाहरूलाई यहाँ आमन्त्रण गर्दै नयाँ र प्रिमियम कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यता र प्रतिष्ठित NS Quality Award २०२६ मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।
३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० + शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०X१२० से.मी., ६०X६० से.मी., ४०X४० से.मी. (८ मि.मी.), र १९.५X१२० से.मी.), सेरामिक वाल टायल्स (३०X६० से.मी. र ३०X४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०X४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।
अर्थ चाैतारी ।