logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • पाँच दिनपछि बढ्यो सेयर बजार

    पाँच दिनपछि बढ्यो सेयर बजार

    533
    SHARES
    पाँच दिनपछि बढ्यो सेयर बजार

    काठमाण्डौ । पाँच दिनपछि सेयर बजार बढेको छ। मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अङ्कले बढेर २५७६.२९ बिन्दुमा पुगेको हो ।



    आज कुल १६४ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

    आज ३८३ स्क्रिपका १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १० प्रतिशत केबीएल डिभेन्चरको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज १२ वटा उपसमूहको सूचकमा बढेको छ । उत्पादन तथा प्रशोधनमूलक समूह भने आज सामान्य घटेको छ । सबैभन्दा धेरै व्यापारमूलक क्षेत्र १.४७ प्रतिशतले बढेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट