logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

    ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

    234
    SHARES
    ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

    काठमाण्डौ । ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल र भारत सहमत भएका छन् । आज सम्पन्न नेपाल – भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले यस्तो सहमति गरेको हो।



    हाल सञ्चालनमा रहेको ढल्केवर – मुजफ्फरपुर ४०० किलोभोल्ट अन्तर्देशीय प्रसारण लाइनबाट हुने विद्युत आयात-निर्यातको परिमाण १००० मेगावाटको समिक्षा गर्दै संयुक्त प्राविधिक टोली (JTT) ले गरेको अध्ययन अनुसार ढल्केवर-मुजफ्फरपुर र ढल्केवर सीतामढी ४०० के.भी. प्रसारण लाइनहरुबाट हुने संयुक्त विद्युत प्रवाह (Combined Power Transfer) को क्षमता आयाततर्फ १००० मेगावाटबाट १४०० मेगावाट र निर्याततर्फ ११०० मेगावाटबाट १६५० मेगावाट पुऱ्याउने सहमति भएको हो।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सरिता दवाडी तथा भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा आज बैठक सम्पन्न भएको हो । उक्त बैठकले मिति २०८३ असार ३० गते (१४ जुलाई २०२६) सोही स्थानमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारतका विद्युत मन्त्रालयका सहसचिव (प्रशारण) पंकज कुमारको सहअध्यक्षतामा सम्पन्न भएको सहसचिवस्तरीय संयुक्त कार्यदल (Joint Working Group, JWG) को बैठकले गरेका सिफारिसहरुमा छलफल गरेको हो।

    बैठकमा नेपाल-भारत बीचको मौजुदा विद्युत प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका विभिन्न जलविद्युत आयोजनाहरु तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत आयात-निर्यात लगायतका विषयहरुमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    यस्ता छन् बैठकले गरेका सहमति


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट