logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिंक गर्दा रु. १०० बोनसका साथै स्मार्टफोन जित्ने मौका

    खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिंक गर्दा रु. १०० बोनसका साथै स्मार्टफोन जित्ने मौका

    2.1K
    SHARES
    खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिंक गर्दा रु. १०० बोनसका साथै स्मार्टफोन जित्ने मौका

    काठमाण्डौ । खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिंक गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई रु. १०० बोनस अफर ल्याएको छ। यसका साथै यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ।



    यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलोपटक लिंक गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ। यसका साथै यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन्। यो अफर असोज ३१ सम्म लागू हुनेछ। खल्तीमा बैंक लिंक गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ। यसबाहेक आफ्नो बैंक खाता लिंक गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरुमार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्छन्।

    अफरका बारेमा ‘खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक विनय खड्काले भने, ‘यस अफरमार्फत हामी प्रयोगकर्तालाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न प्रोत्साहित गर्न चाहन्छौँ। उपभोक्ताले अब पैसा पुनः लोड गर्ने समस्याको सामना गर्नुपर्दैन। खल्तीका धेरै प्रयोगकर्ताले यो सेवा मन पराउँछन्। किनकि यसले उनीहरुलाई एक लिंक गरिएको बैंकबाट अर्कोमा सेकेन्डमा पैसा पठाउन सहज गर्दछ।’

    खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार बढी एजेन्ट नेटवर्कका साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ता छन्। यसमार्फत प्रयोगकर्ताले बिलहरु भुक्तानी, मोबाइल र टीभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइट, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र अन्य धेरै सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन्। यसका साथै खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरुले पनि धेरै साना–ठूला व्यवसायलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ४ असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट