logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • जब ब्राह्मण नै आदिबासी जनजाती, राईले मधेसी कोटामा नाम निकाले

    जब ब्राह्मण नै आदिबासी जनजाती, राईले मधेसी कोटामा नाम निकाले

    3.4K
    SHARES
    जब ब्राह्मण नै आदिबासी जनजाती, राईले मधेसी कोटामा नाम निकाले

    काठमाण्डौ । शिक्षक सेवा आयोगले प्रकाशन गरेको नतिजामा चरम लापरवाही भेटिएको छ । आयोगले निमावि तहको गणित विज्ञान बिषयमा नतिजा सार्वजनिक गर्दा गम्भीर गडबडी गरेको भेटिएको हो ।



     

    आयोगले सातै प्रदेशका लागि ३८१ शिक्षक माग गरेर विज्ञापन गरेको थियो । जसमा ५७ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका नतिजा सार्वजनिक हुँदा आचार्य खनालले आदिबासी जनजाती समूहमा र राईले मधेसी कोटामा राखेर नतिजा सार्वजनिक गरिएसँगै शिक्षक सेवा आयोगको लापरवाहीका बारेमा सामाजिक सञ्जालमा चर्को आलोचना भएसँगै आयोगले उक्त गल्तीलाई सच्चाएर पुन अर्को नतिजा सार्वजनिक गरेको छ ।

     

    पछिल्ला शिक्षकको प्रतिष्प्रर्धा अत्यन्त कमजोर देखिएका छन् । जहाँ मागसंख्याभन्दा पनि कम आवेदन पर्ने,कम उत्र्तीण हुन थालेका छन् ।यस्तै देखिएको छ निमावी तहको गणित र विज्ञान बिषयमो शिक्षकको मागमा समेत । जहाँ आयोगले ३८१ जना शिक्षक माग गर्दा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

     

    चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उतीर्ण हुने जम्मा ५७ जना मात्र हुन । उनीहरुको अन्तर्वार्ता आगामी २८ मंसिरमा हुँदैछ । ५७ जना अन्तरवार्तामा उत्र्तीण हुँदा ३२४ पद रिक्त हुने देखिएको छ । आयोगले मधेश प्रदेशमा निमाविको गणित विज्ञानका लागि २० शिक्षक माग गर्दा कोही पनि परीक्षार्थी उत्र्तीण नभएको जनाएको छ । (इकर्मचारीबाट)

     

    नतिजा हेर्न यहाँ किलिक गर्नुहाेस्

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=233&fn=ganit%20bigyan%20all%20rpadesh%20result.pdf


    अर्थ चाैतारी
  • आइतबार, ११ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट