logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • समावेशी नभएको भन्दै शिक्षक सेवाको विज्ञापन खारेजीकाे माग सहित सर्वोच्च जाँदै शाह

    समावेशी नभएको भन्दै शिक्षक सेवाको विज्ञापन खारेजीकाे माग सहित सर्वोच्च जाँदै शाह

    48.9K
    SHARES
    समावेशी नभएको भन्दै शिक्षक सेवाको विज्ञापन खारेजीकाे माग सहित सर्वोच्च जाँदै शाह

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग सहित सर्वोच्च अदालतमा जाने बताएका छन् । शिक्षक सेवा आयोगले प्राथमिक तथा निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै नेता शाहले त्यसलाई संशोधन या खारेज गर्न माग सहित अदालत जाने बताएका हुन् ।



    ‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ,’ उनले भनेका छन्, ‘प्रदेश २ मा रहेको धेरै जनसङ्ख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिटरपद सङ्ख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्यरस्वाभाविक मान्न सकिँदैन । हामी सबै तिर सल्लाह गर्दै छौं । सबैको सुझाव सहित ठोस निर्णय लिने छौं । ’


    अर्थ चाैतारी
  • आइतबार, १८ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट