logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ पुगे (सुचि सहित)

    नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ पुगे (सुचि सहित)

    9.3K
    SHARES
    नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ पुगे (सुचि सहित)

    काठमाडौं । सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् । जसमा उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको छ भने चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत पठाइएको छ ।



    यस्तै श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसी, बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नलप्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान ब्यूरो उपप्रमुख नक्सालमा सुरुवा गरिएको छ ।

    भीमप्रसाद ढकालको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा हुँदा राजेशनाथ बास्तोलाको भने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । दुर्गा सिंहको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ भने पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २३ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट