logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सबै सरकारी वेबसाइटकाे सर्भर डाउन, विदेशबाट धेरै ‘ट्राफिक’ आएकाे सूचना प्रविधि केन्द्रकाे ठहर

    सबै सरकारी वेबसाइटकाे सर्भर डाउन, विदेशबाट धेरै ‘ट्राफिक’ आएकाे सूचना प्रविधि केन्द्रकाे ठहर

    741
    SHARES
    सबै सरकारी वेबसाइटकाे सर्भर डाउन, विदेशबाट धेरै ‘ट्राफिक’ आएकाे सूचना प्रविधि केन्द्रकाे ठहर

    काठमाण्डौ । शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।



     

    राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकै पटक ह्वात्तै ट्राफिक आउँदा सरकारी कार्यालयका समस्या आएको जानकारी दिएको छ । केन्द्रका प्रवक्ता रमेश पोखरेलल नेपालबाहिरबाट एकैपटक धेरै ट्राफिक आउँदा सबै सरकारी कार्यलयका वेबसाइटमा समस्या आएको बताएका हुन् । विज्ञहरुले यसलाई ‘डीडीओएस अट्याकको आशंका व्यक्त गरेका छन् ।

     

    उनले डेढ घन्टायता सबै सरकारी कार्यलयका जीओभी डटएनपी वेबसाइट डाउन भइरहेको र यसलाई अबको केही समयभित्रै रिकभर गरिने बताए । उनले भने, ‘रिकभर गर्ने प्रयास भइरहेको छ । अबको ३० मिनेटभित्र सबै वेबसाइट खुल्छन् र चल्छन् ।’ यद्यपी, सरकारी वेबसाइट ह्याक भने नभएको पोखरलले बताए ।

     

    324045280_626339066163672_6395844882443363924_n

    324573831_1030983371626071_261574064905103610_n

    326980842_562719959076515_8796622478957402970_n

    327166585_925598912143648_8357794717569113244_n


    अर्थ चाैतारी
  • शनिबार, १४ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट