logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • शीर्ष स्थानमा आफ्नो दाबी कायम राख्न सामसङका फ्ल्यागशिप फोनहरू नेपालमा पुनरागमन हुँदै

    शीर्ष स्थानमा आफ्नो दाबी कायम राख्न सामसङका फ्ल्यागशिप फोनहरू नेपालमा पुनरागमन हुँदै

    806
    SHARES
    शीर्ष स्थानमा आफ्नो दाबी कायम राख्न सामसङका फ्ल्यागशिप फोनहरू नेपालमा पुनरागमन हुँदै

    काठमाण्डौ । सामसङको सम्पूर्ण सेगमेन्टहरुको फोन ल्याउने योजना बनाएको छ । यसका लागि सामसङले नेपाली बजारमा शीर्ष स्तरका फोनहरु सार्वजनिक गर्दैछ । जसले सामसङका ब्रान्ड नेम बोकेको र तिनीहरूले स्मार्टफोनको संसारमा नयाँ इनोभेसनका उत्कृष्ट कार्यहरूका रूपमा प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ ।



     

    सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने,’सामसङका उत्कृष्ट स्मार्टफोनहरू समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा मलाई साँच्चिकै ठूलो सन्तुष्टि मिलेको छ। एस२२ सिरिज, ए७३ र फोल्डेबल फोनहरूमा सबैभन्दा अगाडि रहेका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन संसारका केही उत्कृष्ट प्रस्तुतिहरू हुन् र हामी नेपाली बजारमा नयाँ इनोभेसनका यी अमेजिङ फोनहरु ल्याउन पाउँदा खुसी छौं।’

     

    ग्यालेक्सी एस२२ सिरिज, ग्यालेक्सी ए७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड४ सामसङको फ्ल्यागशिप लाइन–अपका सबै सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए। तर अब यी सबै सेगमेन्टका समार्टफोनहरु फेरी नेपाली बजारमा फर्किएका छन्। ग्यालेक्सी एस२२ सिरिजमा ग्यालेक्सी एस२२ मा ६.१ इन्चको डिस्प्ले र ग्यालेक्सी एस २२ अल्ट्राले आफ्ना प्रयोगकर्ताहरूलाई ६.८ इन्चको डिस्प्ले प्रदान गरेको छ।

     

    ग्यालेक्सी एस२२ मा १२ मेगापिक्सेल (एमपी) अल्ट्रा–वाइड र १० एमपी टेलिफोटो क्यामेराहरूद्वारा सुसज्जित रहेको छ। साथै मुख्य रियर क्यामेराको रूपमा वाइड ५० एमपी क्यामेरा रहेका छन्। ग्यालेक्सी एस २२ अल्ट्रामा भने १०८ एमपी वाइड एंगल क्यामेरा रहेको छ। रियरमा उस्तै सपोर्टिङ क्यामेराको साथमा क्वाड क्यामेरा रियर सेटअपको लागि थप १० एमपी टेलिफोटो क्यामेरा दिइएको छ।

     

    दुवै फोनहरूमा क्यामेराको लागि नाइटोग्राफी मोड पनि उपलब्ध छ जसले तिनीहरूको पहिले नै अद्भुत क्यामेरा गुणस्तरको साथ अद्भुत क्याप्चरहरू प्रदान गरेको छ।ग्यालेक्सी ए७३ ५जी, लोकप्रिय ए– सेगमेन्टको अग्रपंक्तिमा रहेको छ। यो फोन पनि केही अद्भुत सुविधाहरूले भरिपूर्ण रहेको छ । यससँगै ग्यालेक्सी ए७३ ५जीले आईपि६७ रेटिङ पाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट