logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ५.३० अर्ब बक्यौता रकम तिर्न यूटीएललाई माघ मसान्तसम्मको समयसीमा

    ५.३० अर्ब बक्यौता रकम तिर्न यूटीएललाई माघ मसान्तसम्मको समयसीमा

    832
    SHARES
    ५.३० अर्ब बक्यौता रकम तिर्न यूटीएललाई माघ मसान्तसम्मको समयसीमा

    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई सवा ५ अर्ब रुपैयाँ बढी बक्यौता रकम तिर्न ताकेता गरेको छ।



     

    प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर यूटीएललाई ५ अर्ब ३० करोड ९४ लाख ९४ हजार १५३ रुपैयाँ बक्यौता रकम तिर्न ताकेता गरेको हो। यसका लागि प्राधिकरणले यूटीएललाई माघ मसान्तसम्मको समयसीमा ताकेको छ। माघ मसान्तभित्र बक्यौता रकम नतिरेमा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ।

     

    २०७३ भदौ २० गते यूटीएलका लागि प्राधिकरणले आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र जारी गरेको थियो। त्यसपछि यूटीएलले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतको बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट