logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

    हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

    663
    SHARES
    हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

    काठमाण्डौ । हुलास स्टिलले ग्राहकमुखी ‘१०० लखपति’ अफर ल्याएको छ। यो योजना यही माघ १५ गतेदेखि चैत १५ गतेसम्म न्यूनतम ३ बन्डल हुलास रंगिन जस्तापाता खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ।



    लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपन र भ्याट बिलको फोटो खिची एक–एक प्रति ९८०१२१२६२६ नम्बरमा ह्वाट्सअप वा भाइबरमा अनिवार्य पठाउनुपर्नेछ। एउटा भ्याट बिल र कुपन एकपटकमात्रै सहभागी गर्न पाइने कम्पनीले जनाएको छ। अन्यथा रद्द गरिनेछ।

     

    पुरस्कार प्राप्त गरेका कुपनहरुबाहेक यस योजनाअन्तर्गत पठाएका कुपनहरु योजना अवधिभर हरेक लक्की ड्रमा समावेस गरिनेछ कमपनीले जनाएको छ। यस योजनामा सहभागी हुनका लागि हुलास जस्तापाताको आधिकारिक डिलर, शाखा कार्यालय, डिपो तथा बिक्रेताबाट मात्र खरिद गर्नु पर्नेछ। खरिदबमोजिम भ्याट बिल अनिवार्य काटिएको हुनुपर्नेछ।

     

    न्यूनतम ३ बन्डल हुलास जस्तापाताको खरिदमा कम्पनीबाट एउटा भाग्यशाली कुपन उपलब्ध गराइने कम्पनीले जनाएको छ। सोभन्दा बढी खरिद गरिएको खण्डमा भ्याट बिलमा उल्लेखित संख्याबमोजिम ६ बन्डलमा २ वटा, ९ बन्डलमा ३ वटा अनुरुप हरेक ३ बन्डलको गुणनको हिसाबमा थप १ कुपन कम्पनीले लक्की ड्रमा सामेल गराउनेछ।

     

    योजना अवधिभर हरेक दिन हुलास स्टिलको आधिकारिक फेसबुक पेजबाट लक्की ड्रमार्फत २ जनालाई प्रतिव्यक्ति रु. १ लाख नगद उपहार घोषणा गरिनेछ। हुलास स्टिल लखपतिमा पहिलो दिनको विजेतामा कृष्ण अधिकारी कुपन नÞ ७०५१ (बिक्रेता मिलन हार्डवेयर—भरतपुर (चितवन)मार्फत) र भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समिति कुपन न ६५५१ (बिक्रेता धौलागिरी सप्लायर्स—नारायणगढ (चितवनमार्फत) चयन भएका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट