logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • माइकल ग्रिल्समा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

    माइकल ग्रिल्समा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

    728
    SHARES
    माइकल ग्रिल्समा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले माइकल ग्रिल्स प्रालिमा विशेष छुट पाउने भएका छन्।



     

    कुमारी बैंक र माइकल ग्रिल्सबीच बैंकका ग्राहकलाई विशेष छुट प्राप्त प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। डिजिटल कारोबारमा ग्राहक आर्कषित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यो सहकार्य गरेको हो।

     

    यस सहकार्यपश्चात् कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड वाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले माइकल ग्रिल्सको मध्यबानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवासुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। आगामी दिनहरुमा पनि कुमारी बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाहरुमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने छ।

     

    कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट