logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आईसीसी विश्वकप लिग २ खेलको टिकट माइपे वालेटबाट खरिद गर्न सकिने

    आईसीसी विश्वकप लिग २ खेलको टिकट माइपे वालेटबाट खरिद गर्न सकिने

    793
    SHARES
    आईसीसी विश्वकप लिग २ खेलको टिकट माइपे वालेटबाट खरिद गर्न सकिने

    काठमाण्डौ । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिय र स्कटल्याण्डबीचको त्रिदेशीय क्रिकेट प्रतियोगिताको टिकट माइपे मार्फत खरिद गर्न सकिने भएको छ।



     

    खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको व्यवस्था समेत गरेको छ। खेल आउँदो फागुन २ देखि टीयू क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुँदै छ। क्यानले सामान्य टिकटको मूल्य रु १५० र भीआईपी टिकटको मूल्य रु ३५० निर्धारण गरेकोमा माइपे डिजिटल वालेटमर्फत डिजिटल खरिदमा साधारण टिकटको मूल्य रु १३० र भिआईपि टिकटको मूल्य ३२० निर्धारण गरेको छ।

     

     

    माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको ब्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए। पछिल्लो समय नेपाल टि२० लिगमा स्पट फिक्सिङका कारणले प्रतियोगिता नै विबादमा परेपछि नेपाली क्रिकेट फ्यानहरु निरुत्साहित भईरहेको बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ।

     

     

    लिग २ मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ। नेपाल १८ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ। नामिबिया ३७ अङ्कसहित तेस्रो र स्कटल्याण्ड ४६ अङ्कसहित शीर्ष स्थानमा छ। माइपे ले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मौदान पुगेर नेपाली खेलाडिलाई समर्थन र हौसला प्रदान गर्न समेत आह्वान गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २५ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट