logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सम्झौता

    आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सम्झौता

    767
    SHARES
    आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सम्झौता

    काठमाण्डौ । आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ ।



     

    हालै सम्पन्न सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरे ।

     

    सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • बुधबार, २५ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट