logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध

    गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध

    871
    SHARES
    गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध

    काठमाण्डौ । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।



     

    कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा बिषाधी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाईएको जानकारी दिएकी छिन् ।

     

    काकडभिट्टा, भण्टाबारी, बिराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकावाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ । ‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट बिशेष कारणले अर्को ब्यबस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्ननहुन सबन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालले जारी गरेको परिपत्रमा भनिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट