logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

    त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

    689
    SHARES
    त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

    काठमाण्डौ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख( महाप्रबन्धक) प्रेमनाथ ठाकुरलाई निलम्बन गर्ने भएको छ ।



     

    केही दिनअघि ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग बार्गेन गरेको श्रब्य सामग्री सार्वजनिक भएको थियो । सार्वजनिक हुनुअघि त्यो श्रव्यसामाग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म पुगेको थियो । ठाकुर विगत २ वर्षदेखि विमानस्थल प्रमुखको रुपमा कार्यरत थिए ।

     

    मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार विवादास्पद सो प्रकरणको सत्यतथ्य पत्ता लगाउनका लागि जाँचबुझ आवश्यक रहेको र सोही क्रममा ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीलाई निर्देशन दिइएको छ । मन्त्रालयले यो विषयमा गम्भीर अनुसन्धान थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत सहयोग मागेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २८ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट