logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सामसुङ इलेक्ट्रोनिक्स प्लाजाकाे कुमारीपाटी शोरुमलाई स्तरोन्नति

    सामसुङ इलेक्ट्रोनिक्स प्लाजाकाे कुमारीपाटी शोरुमलाई स्तरोन्नति

    1.5K
    SHARES
    सामसुङ इलेक्ट्रोनिक्स प्लाजाकाे कुमारीपाटी शोरुमलाई स्तरोन्नति

    काठमाण्डाै । सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसुङ इलेक्ट्रोनिक्स प्लाजाले ललितपुरको कुमारीपाटीमा रहेको आफ्नो शोरुमलाई स्तरोन्नति गरेको छ ।



     

    श्री शेखर गोल्छा (अध्यक्ष तथा प्रबन्ध निर्देशक, गोल्छा ग्रुप) र श्रीमती सीमा गोल्छा (निर्देशक, हिम इलेक्ट्रोनिक्स) द्वारा शोरुमको संयुक्त रूपमा उद्घाटन गरिएको थियो। सामसुङ इलेक्ट्रोनिक्स प्लाजा हिम इलेक्ट्रोनिक्स प्रा लि अन्तर्गतको सहायक खुद्रा बिक्रेता हो जहाँ सामसुङ होम एप्लायन्सेस देखि सामसुङ मोबाइल फोनसम्मका उत्पादनहरू प्रदर्शन गरिएको छ।

     

    नेपालमा सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक आयातकर्ता र वितरक हिम इलेक्ट्रोनिक्सले उच्च नवीन र गुणस्तरीय सेवाका साथ देशभरका ग्राहकहरूलाई सेवा दिने लक्ष्य राखेको छ। हिम इलेक्ट्रोनिक्सले बजारमा उत्कृष्ट उत्पादन मात्रै उपलब्ध नगराई, विश्वकै चर्चित उत्पादनहरू पनि उचित मूल्यमा उपलब्ध गराउँछ। EMI सेवाहरू मार्फत पनि ग्राहकहरूले सजिलै खरिद गर्न सक्ने विकल्प पनि प्रदान गरिएको छ। कम्पनीले विगत २२ वर्षदेखि आफ्ना ग्राहकहरूलाई उत्कृष्ट गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट