logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • इसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइराला ‘म्यानेजर अफ दि इयर-२०२२’बाट सम्मानित

    इसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइराला ‘म्यानेजर अफ दि इयर-२०२२’बाट सम्मानित

    806
    SHARES
    इसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइराला ‘म्यानेजर अफ दि इयर-२०२२’बाट सम्मानित

    काठमाण्डौ । व्यवस्थापनकर्मीहरुको संस्था नेपाल व्यवस्थापन संघले इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ। नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोइरालालाई उक्त सम्मान गरेको हो। शनिबार राजधानीको होटेल एभरेस्टमा भएको एक समारोहमा कोइरालालाई सम्मान गरिएको हो।



     

    समारोहमा सम्बोधन गर्र्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले उक्त पुरस्कार इसेवा मनी ट्रान्सफरको सञ्चालक तथा कर्मचारी, एफवान सफ्ट गु्रप र विदेशमा रहेका सम्पूर्ण नेपालीमा समपर्ण गरे। उनले विदेशमा रहेका नेपालीहरुको माया र सद्भावले नै आफूहरु यस स्थानमा आइपुगेको भन्दै विशेष धन्यवाद दिए। यसका साथै कोइरालाले इसेवा मनी ट्रान्सफरलाई छनौट गरी पुरस्कृत गरेकोमा म्यानलाई समेत धन्यवाद ज्ञापन गरे। विगत १८ वर्षदेखि रेमिट्यान्सको क्षेत्रमा अनवरत रुपमा लागि रहेका अजेश कोइरालाले पछिल्लो समय इसेवा मनी ट्रान्सफरको नेतृत्व गरिरहेका छन्।

     

    इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स्लाई जोड दिँदै आएको छ। विश्वका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत ८० प्रतिशतभन्दा बढी रेमिट्यान्स डिजिटल रूपमा भित्रिँदै आएको छ। तीन वर्ष अगाडिमात्र सञ्चालनमा आएको इसेवा मनी ट्रान्सफर आफ्नो आक्रामक बजार विस्तार गर्दै अग्रणी भूमिकामा देखा पर्न थालिसकेको छ।

     

    डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ। त्यस्तै इसेवा मनी ट्रान्सफरमार्फत ५० लाखभन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन्।


    अर्थ चाैतारी
  • आइतबार, २९ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट