logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • पहाडी भेगमा आंशिक बदली, बाँकी स्थानमा मौसम सफा

    पहाडी भेगमा आंशिक बदली, बाँकी स्थानमा मौसम सफा

    1.2K
    SHARES
    पहाडी भेगमा आंशिक बदली, बाँकी स्थानमा मौसम सफा

    काठमाण्डौ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



     

    महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) प्रदेश नम्बर १ का पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

     

    राति प्रदेश नम्बर १ का पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

     

    जसमा भनिएको छ : तराईका थोरै भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


    अर्थ चाैतारी
  • सोमबार, १ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट