logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल इन्स्योरेन्स कम्पनीले बढायो व्यापार, करिब साढे २ अर्बको बीमा कोष

    नेपाल इन्स्योरेन्स कम्पनीले बढायो व्यापार, करिब साढे २ अर्बको बीमा कोष

    169
    SHARES
    नेपाल इन्स्योरेन्स कम्पनीले बढायो व्यापार, करिब साढे २ अर्बको बीमा कोष

    काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।



    वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीले १७ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४०.५९ प्रतिशतले घटेको छ।

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४ करोड ५८ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड ७६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

    समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ४७ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा १ अर्ब ९६ करोड १७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार २६.२६ प्रतिशतले बढेको छ।

    तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब २७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.०५ प्रतिशतले बढेको छ।

    कम्पनीले समीक्षा अवधिसम्म ७६ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५९ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क २९.७७ प्रतिशतले बढेको छ। शेयरपुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ५.५५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.५८ रुपैयाँ थियो। पीई रेसियो ९०.३५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७३.०४ रुपैयाँ रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट