logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सामसङको फेब्रुअरी अफर, जेडफोल्ड४ खरिदमा पाइन्छ यस्तो उपहार!

    सामसङको फेब्रुअरी अफर, जेडफोल्ड४ खरिदमा पाइन्छ यस्तो उपहार!

    715
    SHARES
    सामसङको फेब्रुअरी अफर, जेडफोल्ड४ खरिदमा पाइन्छ यस्तो उपहार!

    काठमाण्डाै । नेपाली बजारमा सामसङको लोकप्रिय टप–टायर फोल्डेबल्स फेरि देखा परेका छन्। सासमङ्गका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड४ गत वर्ष बजारमा उपलब्ध भए पनि धेरै समयसम्म देखा परेका थिएनन्।



     

    यी उत्पादनहरु लामो पर्खाइपछि सामसङको अन्य प्रमुख उत्पादनहरुसँगै हालसालै बजारमा उपलब्ध भएका छन्। योसँगै कम्पनीले अफर पनि ल्याएको छ। यसअनुसार ग्यालेक्सी जेड फोल्ड४ खरिदमा १० हजार थप्दा ४९ हजार मूल्य पर्ने नयाँ ४६ मिमिको ग्यालेक्सी वाच४ क्लासिक पनि प्राप्त गर्न सकिनेछ। जसबाट ग्राहकको ३९ हजार रुपैयाँ बचत हुने कम्पनीले जनाएको छ।

     

    यसैगरी अर्को आकर्षक अफरअन्तर्गत ग्यालेक्सी जेड फ्लिप४ खरिदमा ५ हजार थप्दा २७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी बड्स२ प्रो अफरमा पाइनेछ, जसबाट २२ हजार ९९९ रुपैयाँ बचत गर्न सकिने कम्पनीको भनाइ छ। यो अफर यही फेब्रुअरी महिनाभरको लागि अर्थात् २८ तारिखसम्म मात्र कायम गरिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट