logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • एनसेलको डाटा सेन्टर आधुनिक प्रविधियुक्त, ११ रेक्टर स्केलको भूकम्प थेग्न सक्ने भौतिक संरचना

    एनसेलको डाटा सेन्टर आधुनिक प्रविधियुक्त, ११ रेक्टर स्केलको भूकम्प थेग्न सक्ने भौतिक संरचना

    962
    SHARES
    एनसेलको डाटा सेन्टर आधुनिक प्रविधियुक्त, ११ रेक्टर स्केलको भूकम्प थेग्न सक्ने भौतिक संरचना

    काठमाण्डौ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले ललितपुरको नख्खुमा बनाएको आधुनिक प्रविधियुक्त डेटा सेन्टर प्रयोगका लागि तयार भएको छ। लामो समय विद्युत् अवरुद्ध हुँदा हाेस् वा ११ रेक्टर स्केलको भूकम्प अाउँदा पनि नियमित रुपमा चल्ने गरी डेटा सेन्टर तयार भएको हो।



     

    एनसेलले टेलिकम्युनिकेसन (भ्वाइस) र डेटा दुवैको लागि उपलब्ध गराउनसक्ने बताएको छ। टेक्निकल रुम, डेटा हल, डेटा सेन्टर, सर्भर रुम, इक्विप्ड रुम, इन्फरमेसन प्रोसेसिङ सेन्टर, अप्सेसन सेन्टर रहेका छन्। डेटा सेन्टरको बिल्डिङ ४८ वटा कन्टेनर प्रयोग गरी बनाएको छ। कन्टेनर डिजाइन २५ वर्षको लाइफ रहेको छ।

     

    डेटा सेन्टरको क्षमताअनुसार ६० प्रतिशत प्रयोगमा आएको थप ४० प्रतिशत थप्न सकिन्छ। डेटा सेन्टरमा २ वटा सिस्टम छन्। एउटा बिग्रिँदा अर्को चलाउन सक्ने गरी वान प्लस वानको सिस्टम छ। विद्युत् प्राधिकरणको ग्रिडमा समस्या आउँदा ३० मिनेट धान्नसक्ने गरी यूपीएस ब्याकअपको डिजाइन गरेको छ।

     

    २ तल्ले बिल्डिङमा ३ वटा हल रहेका छन्। कुनै कारणवश डेटा सेन्टरमा आगलागी भए अटोमेटिक डिटेक्ट गर्नसक्ने ‘भेस्डा’ प्रविधि जडान गरेको छ। यो डेटा सेन्टर कोभिडको महामारीका बेला सञ्चालनमा आएको थियो। डेटा सेन्टरको क्षमता २५० वटा र्‍याक रहेका छन्। एसी र्‍याक २२० भोल्टेज र डिसी र्‍याक ४८ भोल्टेजको रहेको छ। लोड डिजाइन २२ सय ५० किलोवाट छ। कुनै पनि कम्पनीले एनसेलको डेटा सेन्टर प्रयोग गर्न चाहे र्‍याक उपलब्ध गराउँछ।

    नख्खुको एनसेल डेटा सेन्टरको डिजेल प्लान्ट क्षमता ५ मेगावाटसम्म छ। विद्युत् गएको समयमा ब्याकअपको लागि ५ वटा जेनेरेटर राखिएको छ। सेन्टरमा १२५० केभीए क्षमताका ५ वटा जेनेरेटर छन्। एनसेलले आवश्यकताको आधारमा जेनेरेटर सञ्चालन गर्न सकिने उल्लेख गरेको छ। ५० हजार क्षमताको अन्डरग्राउन्ड ट्यांकी समेत छ।

     


    अर्थ चाैतारी
  • बुधबार, ३ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट