logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपाल वाल प्लास्टको ठेकेदार भेटघाट कार्यक्रम

    नेपाल वाल प्लास्टको ठेकेदार भेटघाट कार्यक्रम

    1.2K
    SHARES
    नेपाल वाल प्लास्टको ठेकेदार भेटघाट कार्यक्रम

    काठमाण्डौ । नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले टायल एडेसिभ : ठेकेदार भेटघाट कार्यक्रम आयोजना गरेको छ। नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले एनपीएम बिल्ड सोलुसन, मध्यपुर ठिमीको सहकार्यमा यही फागुन २ गते मध्यपुर ठिमीमा कार्यक्रम आयोजना गरेको हो।



    नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिका प्रबन्धनिर्देशक नरेश प्रसाद साहले कम्पनीको नेतृत्व गर्दै आफ्नो उत्पादन मध्य टायल एडेसिभको गुणस्तर, विशेषता, बजार आवश्यकता तथा विदेशी उत्पादन भन्दा उत्कृष्ठ रहेको बारे जानकारी दिए। यसैगरी एनपीएम बिल्ड सोलुसन, मध्यपुर ठिमीसँगको सहकार्य अझ प्रगाढ हुनेमा विश्वस्त रहेको जनाए। एनपीएम बिल्ड सोलुसनका बजार प्रबन्धक दिनेश दाहालले मध्यपुर ठिमीको नेतृत्व लिदै मुख्य डिलरको भुमिका निर्वाह गर्नेमा जोड दिए।

     

    यसैगरी घर निर्माण क्षेत्रमा डेढ दशक लामो अनुभव बोकेका गोपाल थापा र श्याम थापाले पनि नेपाल वाल प्लास्टका उत्पादन प्रयोगको अनुभव सहभागीहरुलाई सुनाएका थिए। उनका अनुसार काम गर्न सरल, छिटो तथा बलियो हुने हुँदा उनीहरु कामको उत्पादकता तथा आम्दानीमा वृद्धि भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट