logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सुनको मुल्य तोलामा ६०० सय रुपैयाँल घट्यो

    सुनको मुल्य तोलामा ६०० सय रुपैयाँल घट्यो

    702
    SHARES
    सुनको मुल्य तोलामा ६०० सय रुपैयाँल घट्यो

    काठमाण्डौ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो ।



     

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ छ । हिजो बुधवार यसको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो । यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ ।

     

     

    महासंघका अनुसार आज बिहीबार चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम छ । हिजो बुधवार चाँदी तोलामा १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको हो ।


    अर्थ चाैतारी
  • विहिबार, ४ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट