logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • निर्यात खुलाउन चीन सरकार सकारात्मक

    निर्यात खुलाउन चीन सरकार सकारात्मक

    689
    SHARES
    निर्यात खुलाउन चीन सरकार सकारात्मक

    काठमाण्डौ । आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक भएको छ । तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच भएको बैठकमा निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ ।



     

    तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारीले भने यो प्रारम्भिक छलफल मात्रै भएको बताए ।

     

    बैठकमा चिनियाँ अधिकारीहरूले तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि के गर्न सकिन्छ भनेर नेपालका अधिकारीसँग सुझाव मागेको प्रजिअ न्यौपानेले बताए । निकासी वस्तुको चेकजाँच गर्न खासाको रमितेमा निकासी घर निर्माणाधीन रहेको पनि बैठकमा जानकारी गराइएको उनले बताए ।

     

    बैठकमा नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालमकाउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।

     

    भूकम्पपछि २०७६ जेठ १५ मा नाका एकतर्फी सञ्चालन भएको थियो । तर सोही वर्षको चैत ११ मा कोरोना भाइरस नियन्त्रण गर्न देशभर लकडाउनको घोषणा गरेपछि तातोपानी नाकाबाट हुने आयात वर्ष दिन जति रोकिएको थियो ।

     

    विसं २०७७ मा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक गरेका थिए । त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो । (रासस)


    अर्थ चाैतारी
  • शुक्रबार, ५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट