logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा छात्रबृत्ति प्रदान

    लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा छात्रबृत्ति प्रदान

    1.2K
    SHARES
    लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा छात्रबृत्ति प्रदान

    काठमाण्डाै । लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाण्डाैको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक रु. १२ हजारको दरले रु. १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान गरेको छ ।



     

    कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उहांको स्मृतिमा उक्त छात्रबृत्ति प्रदान गरेको हो । उक्त कार्यक्रममा १ घण्टासम्म स्व. राणाको जीवनी, उनले देशलाई पु¥याउनु भएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उनको गुणहरुको सम्झना गर्दे गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरे ।

     

    उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्व सञ्चालक शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान लगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

     


    अर्थ चाैतारी
  • विहिबार, ४ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट