logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • एयर जजिराले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने

    एयर जजिराले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने

    949
    SHARES
    एयर जजिराले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने

    काठमाण्डौ । मौसमलाई कारण देखाउँदै झण्डै २ महिनादेखि उडान रोकेको जजिरा एयरलाइन्सले पुनः गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने भएको छ ।



    आगामी फागुन २५ गतेदेखि भैरहवा–कुँबेत नियमित उडान भर्नेगरी एयरलाइन्सले आइतबार गौतमबुद्ध विमानस्थललाई पत्र पठाएको हो । सातामा तीन दिन कुँबेत–नेपाल पुनः उडान भर्नेगरी एयरलाइन्सबाट पत्र पठाइएको गौतमबुद्ध विमानस्थलका महानिर्देशक गोविन्द दाहालले रातोपाटीलाई जानकारी दिए ।

     

    गत जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले भैरहवा–कुँबेत नियमित उडान भर्दै आएको थियो । शुरुका दिनमा सातामा साथै दिन उडान भरिरहेको एयरलाइन्सले क्रमशः उडान संख्या घटाउँदै सातामा तीन दिन उडान भरिरहेको थियो ।

     

    तर, गत पुस ६ गते अकस्मात मौसमलाई कारण देखाउँदै एयर जजिराले उडान रोकेको थियो । त्यसो त यसअघि नै पुस १ गते हिमालय एयरलाइन्सले समेत गौतमबुद्ध विमानस्थलबाट हुने आफ्नो सम्पूर्ण उडान रोकेको थियो । तर पछिल्लो समय गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गराउने उद्देश्यसहित सरकारी पहल जारी रहेपछि जजिरा एयलाइन्स उडान सुरु गर्न तयार भएको महानिर्देशक दाहालको भनाइ छ । यद्यपि, अन्य उडानहरुले भने कहिलेदेखि उडान सुरु गर्छन् यकिन नभएको बताए।


    अर्थ चाैतारी
  • आइतबार, ७ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट