logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • स्थानिय बासिन्दाहरुका लागि मेन्छियाम हाईड्रोको आईपीओ आजदेखि बिक्री खुला

    स्थानिय बासिन्दाहरुका लागि मेन्छियाम हाईड्रोको आईपीओ आजदेखि बिक्री खुला

    611
    SHARES
    स्थानिय बासिन्दाहरुका लागि मेन्छियाम हाईड्रोको आईपीओ आजदेखि बिक्री खुला

    काठमाण्डौ । मेन्छियाम हाईड्रोपावर कम्पनीले आज फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।



     

    कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५३८ कित्ता आयोजना प्रभावित क्षेत्र संखुवासभाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र सािवक शिद्धकाली, शिद्धपोखरी र मावादानी गा.वि.स.का स्थानियहरुको लागि २ लाख ७१ हजार २९२ कित्ता र आयोजन प्रभावित क्षेत्र सुंखवासभा जिल्लाका स्थानियहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बिक्री गरेको हो ।

     

    यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो ।

     

    कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेलन दिन सकिनेछ । तर, समयमा माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ९ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।

     

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । यस्तै, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ ।

     

    साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, १० फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट