logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • मेलम्ची खानेपानीलगायत अधुरा आयोजनालाई प्राथमिकता दिनेछाैँ : खानेपानी मन्त्री मेहता

    मेलम्ची खानेपानीलगायत अधुरा आयोजनालाई प्राथमिकता दिनेछाैँ : खानेपानी मन्त्री मेहता

    221
    SHARES
    मेलम्ची खानेपानीलगायत अधुरा आयोजनालाई प्राथमिकता दिनेछाैँ : खानेपानी मन्त्री मेहता

    काठमाण्डौ । खानेपानी मन्त्री निशा मेहताले अलपत्र अवस्थामा रहेका खानेपानी आयोजनाहरूलाई पूरा गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले नयाँ योजनाभन्दा पनि पुराना र अधुरा कामलाई सम्पन्न गर्न मन्त्रालय केन्द्रित हुने जानकारी दिइन् ।



    मन्त्री मेहताले मेलम्ची खानेपानी आयोजना काठमाण्डौ उपत्यकाका बासिन्दाको ठूलो आशाको केन्द्र भएको उल्लेख गरिन् । आयोजनामा देखिएका प्राविधिक समस्या र सुरुङको सुरक्षाबारे मन्त्रालयले गम्भीरतापूर्वक छलफल गरिरहेको उनले बताइन् । ‘मेलम्चीलाई कसरी दिगो र सुरक्षित बनाउन सकिन्छ भन्नेमा हामी विज्ञहरूसँग सल्लाह गर्दैछौँ,यसको ठोस समाधान छिट्टै निकालिनेछ,’ उनले भनिन् ।

    सीमित बजेटको चुनौती मन्त्री मेहताले बजेट सिलिङ घटेको कारण केही समस्या भए पनि उपलब्ध स्रोतको अधिकतम सदुपयोग गरिने बताइन् । उनले भनिन्, ‘बजेट कम छ, तर जहाँ एकदमै धेरै आवश्यकता छ, त्यस्ता ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइनेछ ।’

    झुन्सा खानेपानी लगायतका देशका विभिन्न भागमा अल्पपत्र परेका योजनाहरूलाई निकास दिन मन्त्रालयले विशेष योजना बनाइरहेको उनले जानकारी दिइन् । पहिलेका रोकिएका कामलाई नसुल्झाई नयाँ काममा हात हाल्दा प्रभावकारी नहुने उनको भनाइ थियो ।

    बैठकमा सांसदहरूले मेलम्चीको पानी वितरणमा देखिएको अनिश्चितता र देशभरका खानेपानी आयोजनामा बजेट अभाव भएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री मेहताले सबै समस्यालाई क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धता जनाइन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट