logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • फाइभजीभन्दा पहिला सबै स्थानमा न्यूनतम इन्टरनेटको पहुँच पुर्‍याउनुस् : सञ्चारमन्त्री शर्मा

    फाइभजीभन्दा पहिला सबै स्थानमा न्यूनतम इन्टरनेटको पहुँच पुर्‍याउनुस् : सञ्चारमन्त्री शर्मा

    2.4K
    SHARES
    फाइभजीभन्दा पहिला सबै स्थानमा न्यूनतम इन्टरनेटको पहुँच पुर्‍याउनुस् : सञ्चारमन्त्री शर्मा

    काठमाण्डौ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले देशका धेरै भू–भागहरू इन्टरनेटको न्यूनतम सेवा समेत नपुगेको बताएकी छन् । आज आयोजित ‘फाइभ जी को चुनौती र आगामी बाटो’ नामक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले फाइभ जी परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच बाहिर रहेको बताएकी हुन् ।



     

    मन्त्री शर्माले उच्छ हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको बताउँदै भनिन, ‘निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेटको पहुँच बाहिर छन् । जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको छ ।’ पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्याउन मन्त्री शर्माले निर्देशन समेत दिइन् ।

     

    शर्माले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताइन् । उनले भनिन्, ‘फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोर जीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति आएको छ । फोर जी राम्रोसँग नचल्दै फेरि फाइभ जीमा लगानी गर्दा सरकारी लगानी खेर जाने डर उत्पन्न समेत भएको छ ।’

     

    विश्वमा आविष्कार भएको नयाँ नयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन पर्नेमा मन्त्री शर्माले जोड दिइन् । ‘फोरजीमा गरेको लगानी खेर जाने सम्भावना बढेको छ । देशका धेरै भूभागमा अझै इन्टरनेटको सामान्य पहुँच पुगेको छैन’ शर्माले भनिन् ‘पहिला त्यो सेवा मजवुत बनाउनुपर्छ । तर, नयाँ प्रविधिलाई समेत अङ्गाल्दै अघि बढ्नुपर्छ ।’

     

    नयाँ प्रविधि लागू गर्दा देशको अवस्थाm र विगतको लगानीलाई हेररे गर्नुपर्ने बताउँदै उनले भनिन्– ‘भौगोलिक र आर्थिक स्थितिको बारेमा गहनरूपमा विष्लेषण गर्नुपर्छ । अन्यथा फोरजीमा गरेको लगानीजस्तै खेर जानसक्छ ।’


    अर्थ चाैतारी
  • विहिबार, ११ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट