logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको प्रतिनिधिमण्डल  २४ फेब्रुअरी सम्म ब्राजिलमा रहने

    नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको प्रतिनिधिमण्डल  २४ फेब्रुअरी सम्म ब्राजिलमा रहने

    1.3K
    SHARES
    नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको प्रतिनिधिमण्डल  २४ फेब्रुअरी सम्म ब्राजिलमा रहने

    काठमाण्डौ । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री ९ (NBCCI) का अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल १६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म ब्राजिल भ्रमणमा रहने भएको छ । १९ सदस्यको टोली, नेपाल र ब्राजिलबिचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पु–याउनका लागी ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमणमा रहनेछन् ।



    साथै उक्त अवसरमा एक विशेष समारोह को आयोजना गरी ब्राजिलियन महामहिम राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारिया ले सम्पूर्ण टोलीलाई विदाई गरेका थिए । उमेश रायमाझी र नीरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ ।

     

    प्रतिनिधिमण्डलमा नेपालका व्यापारी प्रतिनिधिहरू; विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईँ, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी, निर्मल राज पौडेलको सहभागिता रहेको छ ।

     

    भ्रमणको क्रममा, ब्राजिलका व्यापारी प्रतिनिधिहरू तथा FECOMERCIO र ब्राजिलियन एसोसिएसन अफ होटेल इंडस्ट्रीज– ABIH का उद्यमीहरूसँग भेट का साथै नेपाल र ब्राजिलबिचको व्यापार अवसरहरू खोज्न नेपाली टोली ब्राजिलका प्रमुख कम्पनीहरूको भ्रमण गर्नेछन् । NBCCI नेपाल र ब्राजिलबिचको व्यापार, लगानी र सहकार्यलाई प्रर्वद्धन गर्न स्थापना गरिएको गैर–लाभकारी संस्था हो । प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ११ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट